कीवर्डहरू -

स्पीच ईम्पेयरमेन्ट भएको प्रयोगकर्ताका लागि गूगलले सार्वजनिक गर्याे प्रोजेक्ट रिलेट एप 

स्पीच ईम्पेयरमेन्ट भएको प्रयोगकर्ताका लागि गूगलले सार्वजनिक गर्याे प्रोजेक्ट रिलेट एप 

गूगलले बोल्न समस्या हुने (स्पीच ईम्पेयरमेन्ट) प्रयोगकर्ताका लागि सञ्चार गर्न सहज बनाउनका लागि एप ल्याएको छ । यो एन्ड्रोईड एपको नाम प्रोजेक्ट रिलेट रहेको छ ।

यो एपले गूगल एसिस्टेन्ट र अरुसँग कुरा गर्नलाई सहज बनाउने गर्दछ । यो एप अहिले बेटा परिक्षणको चरणमा रहेको छ । यसले प्रयोगकर्ताले कसरी सञ्चार गर्ने गर्दछन् भनेर पनि सुरुमा बुझ्ने गर्दछ । यो एप केही महिना पछि प्रयोगकर्ताहरुका लागि उपलब्ध हुने कम्पनीले बताएको छ ।