कीवर्डहरू -

के हो ई-सिम, अन्य सिमभन्दा कसरी फरक छ ? 

के हो ई-सिम, अन्य सिमभन्दा कसरी फरक छ ? 

पछिल्लो समय नेपालमा पनि ई-सीमको चर्चा हुन थालेको छ । नेपाल टेलिकमले आर्थिक वर्ष २०७८/७९ को वार्षिक कार्यक्रममा ई-सीम ल्याउने योजना राखेसँगै यसको चर्चा अझै चुलिएको छ ।

ई-सिम भनेको एक ईम्बेड गरिएको सिम कार्ड हो । यो भौतिक सिम कार्डहरुको सट्टामा निकालिएको सिम कार्ड हो जसले फोनहरुलाई मोबाइल नेटवर्कसँग कनेक्ट गर्ने गर्दछ । इसिम भौतिक सिम कार्ड भन्दा धेरै सानो हुने गर्दछ ।

के फरक छ ई-सिम र भौतिक सिम कार्ड बिचमा ?

ई-सिम र भौतिक सिम कार्डको सबैभन्दा ठूलो फरक भनेको त्यो कहाँ राखिएको छ भन्ने हो । ई-सिमलाई मदरबोर्डसँगै जोडिएको हुन्छ । यसलाई तपाई न राख्न सक्नुहुन्छ, न हटाउन नै । तर यसमा नम्बर परिवर्तन गर्न सकिन्छ र कुन भिाइसमा राख्ने भनेर पनि परिवर्तन गर्न सकिन्छ ।

यसलाई स्वीच गर्न र सेट गर्न अझैसहज रहेको छ । फोनकलकै माध्यमले तपाईले ई-सिम पाउन सक्नुहुन्छ र आफ्नो हातमा सिम कार्ड कहिले प्राप्त हुन्छ भनेर पर्खेर पनि बस्नुपर्दैन् । ई-सिम पनि अरु सिमकै प्रविधिमा चल्ने गर्दछ र अरु सिम जसरीनै जिएसएम नेटवर्क प्रयोग गर्ने गर्दछ ।

कसले प्रयोग गर्न सक्छ ई-सिम ?

ई-सिम प्रयोग गर्नका लागि त्यस्तै उपयुक्त डिभाईस चहिने गर्दछ र ई-सिम प्रदान गर्ने क्यारियर चहिन्छ । अमेरिकामा एटी एण्ड टी र टि मोबाईल, बेलायतमा इइ र विश्वव्यापी रुपमा १२० अरु कम्पनीहरुले ई-सिम प्रदान गर्ने गर्दछन् ।

ईसिमलाई अहिले आईफोन १२, १३, पिक्सेल ५, सामसङ ग्यालेक्सी एस २१ स्मार्टफोनहरुमा डुअल सिमको फिचर ल्याउनका लागि प्रयोग गर्ने गरिन्छ । केही समयपछि सबै फोन र ट्याबलेट ईसिममनै परिवर्तन हुने देखिन्छ ।