कीवर्डहरू -

इन्स्टाग्राममा अब ‘टेक अ ब्रेक’ फिचर

इन्स्टाग्राममा अब ‘टेक अ ब्रेक’ फिचर

इन्स्टाग्रामले युवाहरुका लागि टेक अ ब्रेक र अरु सुरक्षा फिचरहरु सार्वजनिक गरेको छ । यो फिचर अहिले अमेरिका, बेलायत, क्यानेडा र अष्ट्रेलियमा लञ्च भएको छ । इन्स्टाग्रामले आफ्नो प्रयोगकर्ताहरुमा स्वस्थ्य सामाजिक सञ्जाल चलाउने बानीको विकास गर्ने दावीलाई पुरा गर्न थालेको छ ।

मेटा स्वामित्वको फोटो सेयरिङ एप इन्स्टाग्रामले आफ्नो प्लेटफर्मबाट एकछिन छुटिएर अर्कै केही गर्नलाई प्रोत्साहन गर्नका निम्ति ‘टेक अ ब्रेक’ नामक फिचर ल्याउने भएको छ ।

एपले हरेक १०, २० वा ३० मिनेट पछि तपाईलाई मनपर्ने अन्य केही कुरा गर्न जानकारी दिने गर्दछ । प्रयोगकर्ताले आफ्नो स्क्रिनमा ‘टेक अ ब्रेक’ नामक अप्सन देख्नेछन् ।

तपाईलाई यो फिचरमा आफूखुशी कति समय एपमा बिताउने भनेर पनि छान्न सक्नुहुनेछ । यो फिचरले गर्दा तपाईको फिड भने फ्रिज हुँदैन् ।

स्क्रीनमा ‘टेक अ ब्रेक’ भनेर देखाएपछि प्रयोगकर्ताले डन भनेर अझै स्क्रोल गर्न सक्नेछन् । यो फिचर विशेष गरी युवाहरुलाई लक्षित गरेर बनाइएको हो ।

मार्चमा इन्स्टाग्रामले अभिभावकहरुलाई आफ्नो बालबलिकले इन्स्टाग्राममा कति समय बिताए भनेर हेर्न दिने पनि फिचर ल्याउने भएको छ ।

त्यस्तै इन्स्टाग्रामले पोस्ट गरिएको एकदमै पुरानो फोटोहरु पनि एकैचोटि सेलेक्ट गरेर डिलिट गर्न मिल्ने फिचर ल्याउने भएको छ ।

नयाँ फिचर अन्र्तगत किशोरकिशोरीले कुनै प्रयोगकर्तालाई फलो गरेको नभएमा तिनीहरुलाई पनि डिएम गर्न पाईदैन् । त्यस्तै फलो नगरेको अकाउन्टले किशोरकिशोरीलाई ट्याग गर्न पनि पाउँदैनन् ।