कीवर्डहरू -

माइक्रोसफ्ट टिम्सबाट इमरजेन्सी नम्बरमा कल गर्न प्रतिबन्ध लगाउने बग समाधान

माइक्रोसफ्ट टिम्सबाट इमरजेन्सी नम्बरमा कल गर्न प्रतिबन्ध लगाउने बग समाधान

माइक्रोसफ्टले एन्ड्रोइडमा टिम्स मार्फत इमरजेन्सी नम्बरमा कल गर्न प्रतिबन्ध लगाउने बगलाई समाधान गरेको छ । त्यसका लागि एन्ड्रोइड फोनमा माइक्रोसफ्ट टिम्स अपडेट गर्नुपर्ने हुन्छ ।

एन्ड्रोइड १० वा त्यो भन्दा पछिको भर्सन चल्ने स्मार्टफोनमा यो समस्या देखा परेको थियो । फोनमा एक पटक रिगं पनि जाने गरेको थियो तर फोन कनेक्सन नभएको पाइएको थियो ।

त्यसपछि कल लगमा गएर हेर्दा पनि कुनै नि कल नगएको देखाउने गर्दथ्यो । गूगलले पनि जनवरी ४ मा अपडेट सार्वजनिक गर्नेछ ।