कीवर्डहरू -

इन्स्टाग्राममा अब प्लेब्याक फिचर

इन्स्टाग्राममा अब प्लेब्याक फिचर

इन्स्टाग्रामले प्लेब्याक फिचर सार्वजनिक गरेको छ । सन् २०२१ मा तपाईले के के गर्नुभएको थियो भनेर याद गराउनका लागि यो फिचर इन्स्टाग्रामले सार्वजनिक गरेको हो ।

इन्स्टाग्रामले दश ओटा स्टोरी प्रयोग गरेर प्लेब्याक बनाउनेछ । तपाईले यसबाट केही स्टोरी हटाएर आफै स्टोरी आर्काइभबाट पनि राख्न सक्नुहुन्छ ।

तपाईले कसैको २०२१ को स्टीकर देख्नुभयो र त्यसमा थिच्नुभयो भने पनि तपाईले प्लेब्याक बनाउन सक्नुहुनेछ । अहिलेसम्म प्रयोगकर्ताहरुले अरु एप प्रयोग गरेर कोलाज बनाउने हुँदा अब यो फिचर इन्स्टाग्रामले पनि ल्याएको हो ।