कीवर्डहरू -

सन् २०२१ मा कुन ट्वीटलाई बढि मनपराइयो ?

सन् २०२१ मा कुन ट्वीटलाई बढि मनपराइयो ?

सन् २०२१ मा अमेरिकी राष्ट्रपति जो बाइडेनको ट्वीट सबैभन्दा बढि लाइक गरिएको ट्वीट रहेको थियो । दोस्रो स्थानमा ३.२ मिलियन लाइकको साथमा दक्षिण कोरियाको बिटिएस नामक ब्याण्डको सदस्य जन जगंकुकको सेल्फी रहेको छ ।

त्यस्तै तेस्रो र चौथो स्थानमा ब्याराक ओबामा र कमला ह्याारिस रहेका छन् । एपमा सबैभन्दा प्रभाव दक्षिण कोरियाको ब्याण्ड बिटिएसकै देखिएको छ । उनीहरुको ब्याण्डको सबै सदस्यले बिटिएस अन्डरस्कोर टवीट नामक अकाउन्टबाट ट्वीट गर्ने गर्दछन् र हरेक ट्वीटले लाखौँ लाइक पाईरहेको हुन्छ । ह्यासट्याग बिटिएस धेरैजसो ट्रेन्ड भईरहेकै हुने गर्दछ ।

ट्वीटरले ह्यासट्याग बिटिएसलाई सन् २०२१ को शीर्ष ह्यासट्याग पनि घोषित गरेको छ । एसियन र एसियन अमेरिकन विरुद्ध हुने गरेको घृणाको विरुद्ध गरिएको ट्वीट सन् २०२१ को सबैभन्दा बढि रिट्वीट गरेको ट्वीट बन्न सफल भएको छ । त्यस ट्वीटको १० लाख रिट्वीट र २५ लाख लाइक रहेको छ ।

बिटिएसलाई बिलबोर्डले सबैभन्दा लामो समयसम्म शीर्ष एकमा रहेको भन्दै बधाई दिएको मेल पनि आर्के सबैभन्दा रिट्वीट गरेको ट्वीट भएको छ । ट्वीटरमा मात्रै नभएर अरु सामाजिक सञ्जालमा पनि बिटिएसले रेकर्ड कायम गरिरहेको छ ।

हालैमा सबै ब्याण्ड सदस्यले इन्स्टाग्राम खोलेका थिए र ब्याण्ड सदस्य भि ले इन्स्टाग्रामकै इतिशासम सबैभन्दा चाँडो १० मिलियन फलोअर पाएर रेकर्ड कायम गरेका छन् ।

ग्रुपले सबैभन्दा बढि रिट्वीट र युट्युब प्रिमियरमा सबैभन्दा बढि भ्युअरका लागि गिनिज वल्र्ड रकर्ड पनि कायम गरेको छ । बिटिएसले टिकटकमा पनि सबैभन्दा छिटो १० लाख फलोअर पुर्याएको थियो ।