कीवर्डहरू -

माइक्रोसफ्ट टिम्समा चार गम्भीर सुरक्षा समस्या

माइक्रोसफ्ट टिम्समा चार गम्भीर सुरक्षा समस्या

माइक्रोसफ्ट टिम्समा चार ओटा गम्भीर सुरक्षा समस्या भेटिएको छ । सुरक्षा अन्वेषकहरुले माइक्रोसफ्ट टिम्समा सुरक्षा समस्या भेटाएका हुन् ।

यसलाई प्रयोग गरेर आक्रमणकर्ताहरुले आइपी एड्रेस, स्पुफ लिकं र प्रिभ्यू चोरि गर्न सक्छन् । यति मात्रै नभएर यो सुरक्षा समस्याले गर्दा ह्याकरहरुले कम्पनीको इन्टर्नल सेवाहरु पनि चोर्न सक्छन् ।

पोजिटिभ सेक्युरिटीको अन्वेषकहरुले यी कुराको खोजी गरेका हुन् । चार ओटामा दुई ओटा बगले भने एन्ड्रोइडलाई मात्रै असर गर्ने गरेको पाइएको छ ।

माइक्रोसफ्टले आइपी एड्रेस लिक गर्ने समस्यालाई ठिक गरिसकेको छ । कम्पनीले आयोजना गरेको बग बाउन्टी मार्फत पोजिटिभ सेक्युरिटीले यी सुरक्षा समस्या भेटाएको हो ।