कीवर्डहरू -

नेपाली परम्परा झल्काउने नेपाली स्टिकर अब हाम्रो नेपाली किबोडमा

नेपाली परम्परा झल्काउने नेपाली स्टिकर अब हाम्रो नेपाली किबोडमा

२०१९ अंग्रेजी नयाँ वर्षको अवसरमा पहिलो पटक नेपाली स्टिकरहरु समावेश गरिएको हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण गुगल प्लेस्टोरमा सार्वजनिक गरीएको छ । यसको नयाँ संस्करणमा के छ त ? यसमा नयाँ थिम, इमोजी र आकर्षक नेपाली स्टिकरहरु रहेका छन् ।

स्टिकर

यसमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरुको स्टिकरहरु रहेका छन् । यसमा नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, बौचा र मैचा गरी आठ किसिमको स्टिकरहरु समावेश गरीएको छ । यी स्टिकरहरु मेसेन्जर, भाइबर, व्हाट्एप, स्काइप, टेलिग्राम, फेसबुक, टवीटर र इन्टाग्राम आदि मध्ये जुनसुकै एप्लिकेशनमा प्रयोग गर्न सकिन्छ । यी स्टिकरहरु इमोजी खण्डमा गएर प्रयोग गर्न सकिन्छ ।

थीम

यसमा हाल डार्क तथा लाइट गरी दुई डिजाइनमा किबोर्ड थीम उपलब्ध रहेको छ । किबोर्डको सेटिङमा गएर आँफुलाई मन पर्ने थीम छान्न सक्नु हुन्छ । देवनागरी, अंग्रेजीबाट नेपाली ट्रान्स्लेशन, रोमनाइज्ड नेपाली युनिकोड तथा अंग्रेजीअक्षर टाइप गर्ने किबोर्ड लेआउटहरु यथावत नै रहेका छन् ।

इकोजी

यसमा तपाईको मुडलाई व्यक्त गर्न विभिन्न नयाँ इमोजीहरु रहेका छन् । यी इमोजीहरु जुनसुकै एपमा सजिलोसगँ राख्न र शेयर गर्न सकिन्छ ।