कीवर्डहरू -

गुगल बिजनेश ग्रपको आयोजनामा शनिबार \'बिज फेस्ट २०१९\' हुँदै

गुगल बिजनेश ग्रपको आयोजनामा शनिबार \'बिज फेस्ट २०१९\' हुँदै

काठमाडौं । नेपालका प्रविधि व्यवसायीहरूको समुह, गुगल बिजनेस ग्रुप काठमाडौं नेपालको सबैभन्दा ठूलो स्टार्टअप मेला ‘जीबीजी बिज फेस्ट’ आयोजना गर्ने भएको छ । यहिपौष २१ गते शनिबार हुने फेस्ट नेपालमा यस प्रकारको पहिलो प्रविधि र व्यवसाय सम्बन्धि प्रदर्शनी हो ।

खल्ती डिजिटल वालेटसँगको मुख्य सहकार्यमा गर्न लागिएको यस मेलाको उद्देश्य देशभरबाट नव उद्यमी र स्टार्टअप संस्थापकलाई एउटै प्लेटफर्ममा ल्याउने र प्रवद्र्धन गर्ने रहेको आयोजकले जनाएको छ । यस कार्यक्रममा विशेष गरी नेपालका सबैभन्दा लोकप्रिय एन्ड्रोइड एप्सका डेभलपर र प्रतिनिधि सहभागि हुने अपेक्षा आयोजकको छ ।

मेलामा देशभरका सयभन्दा बढी स्टार्टअप र एप डेभलपरले आफ्नो उत्पादन र सेवाको प्रदर्शन गर्ने अपेक्षा आयोजकको रहेको छ । साथै, कार्यक्रममा गुगलका प्रविधिमा चासो राख्ने र स्टार्टअप गर्न इच्छुक तीन हजार भन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने आयोजकको विश्वास छ ।

कार्यक्रममा विशेषज्ञहरूले गुगलका विभिन्न नयाँनयाँ प्रविधिसम्बन्धि कार्यशाला प्रस्तुत गर्नेछन् । मेलाको अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश निःशुल्क गरिएको छ । कार्यक्रम ग्यालेक्सी पब्लिक स्कुल परीसर, ज्ञानेश्वरमा हुँदैछ ।