कीवर्डहरू -

प्रभु बैंकको अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा

प्रभु बैंकको अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा

नेपाल स्टक एक्स्चेञ्जले पौष १७ गतेदेखि सञ्चालनमा ल्याएको स्वचालित अनलाईन कारोबारको राफसाफको लागि प्रभु बैंकलाई नयाँ अनलाईन कारोबार प्रणालीमा समावेश गरी स्वचालित अनलाईन कारोबारको राफसाफ बैंकको रुपमा तोकेको छ ।

यस बैंकमा खाता हुने लगानीकर्ताहरुले स्वचालित प्रणालीबाट अनलाईन शेयर कारोबार गरी शेयर खरिद बिक्री बापतको रकम रकमान्तर तथा राफसाफ गर्दा शेयर दलाल तथा बैंक सम्म पुग्नु नपर्ने गरी बैंकले सुविधायुक्त अनलाईन डिङ्ग बचत खाता सञ्चालनमा ल्याएको हो ।

प्रभु बैंकले आजेदेखि सञ्चालनमा ल्याएको प्रभु अनलाईन ट्रेडिङ बचत खाताबाट लगानीकर्ताहरुले घरमै बसी बसी सजिलै स्वचालित अनलाईन शेयर कारोबार गर्न तथा शेयर खरिद बिक्री बापतको रकम राफसाफ गर्न सक्नेछन् ।प्रभु बैंकले सञ्चालनमा ल्याएको प्रभु अनलाईन ट्रेडिङ बचत खाता खोली कारोबार गर्ने लगानीकर्तालाई प्रभु बैंकबाट निःशुल्क ई–बैकिङ सेवा उपलब्ध हुनेछ ।

बैंकले सञ्चालनमा ल्याएको प्रभु अनलाईन टे«डिङ्ग बचत खाताबाट स्वचालित प्रणाली अन्तर्गत अनलाईन शेयर कारोबार गर्न चाहने सम्पूर्ण लगानीकर्ताहरुलाई शेयर कारोबार गर्न सहजता प्राप्त हुनुका साथै नेपालको पूँजीबजारको विकासमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।