कीवर्डहरू -

मिस कम्युनिकेसन हटाउन माइक्रोसफ्ट टिम्सले नयाँ अपडेट ल्याउँदै

मिस कम्युनिकेसन हटाउन माइक्रोसफ्ट टिम्सले नयाँ अपडेट ल्याउँदै

माइक्रोसफ्ट टिम्सले मिस कम्युनिकेसन हटाउन एउटा अपडेट ल्याउने भएको छ । यो अपडेटले गर्दा भिडियो कलमा रहेका सहभागी र च्याटमा आएको मेसेजलाई सँगसँगै हेर्न दिनेछ ।

एपले जुनमा च्याटहरुमा च्याट बबलको फिचर पनि राखेको छ । यसले गर्दा प्राइभेट इनबक्समा कसले मेसेज गर्याे भनेर थाहा हुने गर्दछ ।

फ्लोटिङ नोटिफिकेसनको रुपमा आउने हुदाँ यसबाट च्याट गर्न सहज हुने गर्दछ । यो फिचर अहिले सम्म प्राइभेट च्याटका लागि मात्रै उपलब्ध रहेको हुनाले ग्रुप च्याटका लागि पनि यो फिचर ल्याउनका लागि माइक्रोसफ्ट टिम्सले काम गरिरहेको छ ।

यसले गर्दा सबैजनाले भिडियो कलमा सँगै च्याटमा पनि अन्तर्क्रिया गर्न पाउनेछन् । यसले च्याट रुममा पनि मेसेज हेर्नलाई सहज पार्ने गर्दछ ।