कीवर्डहरू -

सुविसु क्यान इन्फोटेकको आकर्षण 

सुविसु क्यान इन्फोटेकको आकर्षण 


क्यान महासंघ मोरङ शाखाको मुख्य आयोजना तथा लिभिङ विथ आइसिटीको सहआयोजनामा विहिवारदेखि सुविसु क्यान इन्फोटेक इन एसोसिएसन विथ म्याकक्याफे २०१९ क्यान इन्फोटेक सुरु भएको छ ।

पहिलो दिन इन्फोटेकमा उल्लेख्य संख्यामा अवलोकनकर्ताहरु आएको आयोजकले जानकारी दिएको छ । पहिलो दिन नै अवलोकनकर्तालाई कम्पनीहरुले प्रडक्ट तथा सेवाहरुमा छुट र अफरहरु प्रदान गरेका छन ।  
सुविसुको भयंकर अफरले धेरैलाई आकर्षित गरेको छ । यसैगरी इन्टरनेटमा वल्र्डलिंक, भायनेट, कनेक्ट वल्र्ड लगायतका कम्पनीहरुले अफरहरु दिएका छन ।

स्मार्ट ग्याजेट्स र इन्टरनेट रमाउने हाम्रो जिवनशैलीलाई इन्फोटेकका प्रविधिहरुले धेरैलाई लोभ्याएको छ । ल्यापटप, प्रिन्टर लगायतका कम्प्युटर प्रडक्टहरुमा पनि कम्पनीहरुले विभिन्न छुट र अफरहरु दिएका छन ।

इन्फोटेकमा सेक्युरिटी क्यामेरा तथा डिभाइसहरुले कर्पोरेट क्लाइन्टहरुलाई च्वाइसको अवसर दिएको छ । इन्भेन्टरी, एकाउन्ट, एचआर लयायतका सफ्टवेयरहरुले पनि विराटनगरमा सम्भावनाको अवसरलाई जागृत गरेको छ । 


अवलोकनकर्ताहरु स्मार्ट ग्याजेट्स, एसेसरिज तथा डिभाइसहरुमा आकर्षित भएका छन । बिजसंसार, नयाँ नौलो लगायतका स्टलहरुमा युवाहरुको भिडभाड छ । यसैगरी म्याकक्याफे, क्यासपरस्काई, एनपी एभी सेक्युरिटी प्रडक्ट तथा एन्टिभाइरस प्रडक्टहरुले पनि अवलोकनकर्तालाई छुट दिएका छन । विग होटलले इन्फोटेकका पाहुनालाई ३० प्रतिशतको छुट दिएको छ । 


इन्फोटेकमा १५ भन्दा समुह पब्जी गेम कम्पिटिशनमा भाग लिएका छन । धेरै युवाहरुको आकर्षण रहेको गेम प्रतिस्प्रधा तथा रोबोवारमा सहभागी हुने क्रम बढिरहेको छ । यसैगरी इन्फोटेकमा पाइन ओभरसिज, सफ्टजेन, सिबी प्लस लगायतले मेलाकै अवसरमा प्रडक्ट सार्वजनिक गरेका छन । डेल्टाटेक, प्रमिस टु सेक्युरले नयाँ सफ्टवेयर तथा प्रविधिहरु मेलामा प्रदर्शन गरेका छन । 


प्रदेश १ सरकारका संिघय मामला तथा कानुन मन्त्री हिक्मत कार्कीले उदघाटन गरेपश्चात सुरु भएको कार्यक्रममा १ सय बढि स्टलहरुको सहभागिता रहेको छ । ७ वर्षको अन्तराल पश्चात विराटनगरमा भइरहेको इन्फोटेकमा अवलोकनकर्ताको आकर्षण बढेको छ । ५ दिनसम्म सञ्चालन हुने इन्फोटेकमा २ लाखले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । रोबोकप, पब्जी गेम कम्पिटिशन लगाउतले युवा तथा विद्यार्थीलाई आकर्षण थपेको छ ।