कीवर्डहरू -

फिशिङ साईटमार्फत इन्स्टाग्राम प्रयोगकर्ताहरुको डेटा चोरि हुँदै

फिशिङ साईटमार्फत इन्स्टाग्राम प्रयोगकर्ताहरुको डेटा चोरि हुँदै

ह्याकरहरुले फिशिङमार्फत इन्स्टाग्राम प्रयोगकर्ताहरुको डेटा चोरि गर्न खोजिरहेको पाइएको छ । साइबर सेक्युरिटी कम्पनी सोफोसका अनुसार प्रयोगकर्ताको डेटा चोर्न फिसिङ साइट प्रयोग भइरहेको छ ।

तपाईले अरुको कपिराईट भएको पोस्ट हाल्न खोज्दा साइबर अपराधीले एउटा नोटिफिकेशन पठाउने गर्दछन् । जुन नोटिफिकेशनमा लेखिएको हुन्छ ‘तपाईले इन्स्टाग्राममा पोस्ट गर्न खोज्नुभएको फोटोबारे गुनासो आएको छ । तपाइको पोस्ट कपिराईट इन्फ्रिजिङको रुपमा रिपोर्ट गरिएको छ । त्यसकारण यदि तपाईको अकाउन्ट केही नहोस् भन्ने चाहनुहुन्छ भने तल दिइएको लिकंबाट फाराम भर्नुहोस् ।’

त्यसपछि साइबर अपराधीहरुले fb.notify.com नामक फिशिङ वेबसाइटमा लग्ने गर्दछन् जुन साइबर अपराधीहरुद्वारा सञ्चालित हुन्छ ।

त्यो पेजमा पुगेपछि तपाईले आफ्नो अकाउन्ट लगइन गर्नुपर्ने हुन्छ । पासवर्ड हालेपछि तपाईको अपिल स्वीकृत गरिएको छ भनेर नोटिफिकेशन आउने गर्दछ । यस्तो गरेर तपाईको अकाउन्ट साइबर अपराधीहरुले नियन्त्रण गर्न थाल्नेछन् ।