कीवर्डहरू -

ओप्पोले एफ९ जेड ग्रिन सार्वजनिक गर्दै

ओप्पोले एफ९ जेड ग्रिन सार्वजनिक गर्दै

चिनियाँ कम्पनी ओप्पो नयाँ वर्षको उपलक्ष्यमा एफ९ जेड ग्रिन लिमिटेड एडिसन सार्वजनिक गर्ने तयारीमा रहेको छ । यो स्मार्टफोन जनवरी महिनाभित्र नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जानकारी गराएको छ ।


यो सेतो र हरियो रङ्गको समिश्रणमा हुनेछ । यसमा मिडियाटेक हेलियो पि६० प्रोसेसरको साथमा ४ जीबी र्याम र एक्सपान्डेबल ६४ जीबी स्टोरेजको रहेको छ । यसमा सेल्फी क्यामेरा २५ मेगापिक्सल र २ एमपि डेप्थ सेन्सरसहितको १६ मेगापिक्सल मुख्य क्यामेरा रहेको छ ।

यसमा भोक फास्ट चार्जिङ प्रविधिको प्रयोग गरीएको ३५०० एमएएच ब्याट्री रहेकोे छ । यसमा ५ मिनेट चार्ज, २ घण्टा टक टकटाइम रहेको छ ।