कीवर्डहरू -

रिपोस्ट फिचर परीक्षण गर्दै टिकटक, कसरी काम गर्छ यसले ?

रिपोस्ट फिचर परीक्षण गर्दै टिकटक, कसरी काम गर्छ यसले ?

टिकटकले साथीहरुसँग क्लिप सेयर गर्नका लागि रिपोस्ट बटनको जाँच गरिरहेको छ । यसले गर्दा छिटै आफ्नो साथीहरुसँग कुनै भिडियो क्लिकलाई रिसेयर गर्न सकिनेछ ।

यो फिचर अहिले जाँचकै चरणमा रहेकाले सबै प्रयोगकर्ताहरुले पाएका छैनन् । कुनै भिडियोलाई रिपोस्ट गर्याे भने त्यो भिडियो प्रोफाइलमा पोस्ट हुदैन् । रिपोस्ट गरेको भिडियो तपाईको फलोअरहरुको फर यू पेजमा जाने गर्दछ ।

तपाईले छोटो कमेन्ट पनि भिडियोमा जोड्न सक्नुहुनेछ, जसले गर्दा तपाईले त्यो भिडियो कि रिपोस्ट गर्नुभयो भनेर तपाईको फलोअरहरुले हेर्न सक्नेछन् ।

एपको अरु सेयरिङ फिचरसँगै पहेलो रगंको बटनका रुपमा रिपोस्ट बटनलाई कम्पनीले सार्वजनिक गरेको छ । यो फिचर प्रयोग गर्नका लागि रिपोस्ट गर्ने र भिडियो रिपोस्ट गरिएको दुवै प्रयागकर्ताले एक अर्काले फलो गरेको हुनुपर्छ   ।