कीवर्डहरू -

सुबिसु क्यान इन्फोटेकमा अफर र छुट, आज अन्तिम दिन

सुबिसु क्यान इन्फोटेकमा अफर र छुट, आज अन्तिम दिन

माेरङ । विराटनगरस्थित जैन भवनमा जारी सुबिसु क्यान इन्फोटेक २०१९ मा अवलोकनकर्ताको आकर्षण बढेको छ । इन्फोटेकमा कम्पनीहरुको छुट, अपर र अन्य आकर्षणहरुले पनि अवलोकनकर्तालाई लोभ्याएको छ । आज अन्तिम दिन भएकोले धेरैजनाले सहभागिता जनाउने आयोजकको अपेक्षा छ ।

क्यान महासंघ मोरङ शाखाको मुख्य आयोजना तथा लिभिङ विथ आइसिटीको सहआयोजनामा बिहीबारदेखि जारी इन्फोटेकमा सहभागी कम्पनीहरुले विभिन्न अफरहरु दिइरहेका छन् । शनिबार कम्पनीहरुले आफ्ना प्रडक्टहरुमा ५० प्रतिशतभन्दा बढी छुट दिएका छन् । ल्यापटप, कम्प्युटर, एन्टिभाइरस, प्रिन्टर तथा सिसिटिभीलगायतका प्रडक्टमा कम्पनीहरुले आकर्षक छुट दिएका छन् । सुबिसुले भयंकर अफर ल्याएर एकदमै सस्तो प्याकेजमा इन्टरनेट दिएको छ । वल्र्डलिंक, म्याक्स तथा कनेक्ट नेपाल आइएसपीहरुले पनि अफर दिएका छन् ।

कम्पनीहरुले विभिन्न प्रडक्टको खरिदमा अन्य प्रडक्टहरु निःशुल्क उपलब्ध गराएका छन् । सेक्युरिटी डिभाइसहरुको आकर्षण बढेको छ । मानिसहरु प्रडक्ट खरिद गर्न मात्र नभएर बुझ्न र थप ज्ञान लिन पनि अवलोकन गरिरहेको पाइएको छ । यस्ता इभेन्टहरु भइरह्यो भने सचेतना बढ्ने र प्रविधितर्फ सबैको चासो थपिने अवलोकनर्ता बताउँछन् ।

इन्फोटेकमा पहिलोपटक विभिन्न प्रडक्टहरु सार्वजनिकसमेत भएका छन् । विन्डोज वान बोर्ड अफिस, योगा बुक र केही अत्याधुनिक सिसिटिभी क्यामेराहरु इन्फोटेकमा नयाँ प्रडक्टका रुपमा रहेका छन् । यसैगरी केही सफ्टवेयर कम्पनीले नयाँ भर्सनका प्रडक्टहरु सार्वजनिक गरेका छन् । पाइन ओभरसिज, नेटवर्क सोलुसन, एलिना इन्फोटेक, चन्द«सफ्ट, सिपी प्लसलगायतका स्टलहरुमा नयाँ प्रडक्टहरु आकर्षणको रुपमा रहेका छन् ।

सयभन्दा बढी स्टलहरुमा अन्तिम दिन विभिन्न आकर्षक अफर र छुटहरु जारी रहेको आयोजकले जानकारी दिएको छ । यसैगरी इन्फोटेकमा एक्जिबिसनबाहेक अन्य थुप्रै आकर्षणहरु रहेका छन् । शनिबार रोबोवारको क्वाटर फाइनल र सेमिफाइनल सम्पन्न भएको छ । कसमस ग्रुप र डिस्ट्रक्सन समूहबीच आइतबार रोबोवार फाइनल भएको छ ।

रोबोवारमा १५ भन्दा बढी समूहहरुको सहभागिता रहेका थियो । यसैगरी ह्याकाथन पनि सञ्चालन भइरहेको आयोजक समितिका अध्यक्ष राजन यादवले जानकारी दिए । आज अन्मित दिन सबै प्रतियोगिताहरुको फाइनल नतिजा आउने आयोजकले बताएको छ ।

विद्यार्थीहरुले बनाएका स्मार्ट सिटी मोडलिङहरु पनि कार्यक्रममा प्रस्तुत भएका छन् । भिडियो प्रतिस्पर्धा लगायतका अन्य थुप्रै कार्यक्रमहरु भइरहेको छ । ७ वर्षपछि विराटनगरमा भएको इन्फोटेकले फेरि एकपटक मानिसलाई थप चासो र उत्साह थप्दै विराटनगरको सुबिसु क्यान इन्फोटेक आज समापन हुँदै छ ।