कीवर्डहरू -

क्रोनोलोजिकल फिड परीक्षण गर्दै इन्स्टाग्राम

क्रोनोलोजिकल फिड परीक्षण गर्दै इन्स्टाग्राम

इन्स्टाग्रामले क्रोनोलोजिकल फिडको जाँच पुनः सुरु गरेको छ । अब एपमा प्रयोगकर्ताहरुले क्रोनोलोजिकल फिडको अप्सन छान्न सक्ने छन् । कम्पनीले यस फिचरमा महिनौँ देखि काम गरिरहेको इन्स्टाग्रामको प्रमुख एडाम मोसेरीले बताएका छन् ।

यसमा फेभरेट्स र फलोइङ भनेर दुई खालको फिड रहेको छ । मोसेरीको अनुसार अब प्रयोगकर्ताले होम, फेभरेरेट्स र फलोइङ गरेर तीन ओटा फिडमा टगलले स्वीच गर्न मिल्ने अप्सन दिनेछ ।

इन्स्टाग्रामले हालै फलो नगरेको अकाउन्टको पोस्ट देखाएर सजेस्टेड पोस्ट भनेर पनि फिचर जाँच गर्न थालेको छ । यसले तपाईलाई नयाँ अकाउन्टको पोस्टहरु भेट्याउनलाई पनि सहज पार्ने गर्दछ ।

सन् २०१६ मा इन्स्टाग्रामले क्रोनोलोजिकल फिड ल्याउँदा धेरै प्रयोगकर्ताहरुले अरुको पोस्ट हेर्न नपाएको गुनासो गरेका थिए ।

यस पटक इन्स्टाग्रामले के परिवर्तन ल्याउने छ भनेर मूल्यांकन गर्नुपर्ने हुन्छ । अहिलेका लागि क्रोनोलोजिकल फिड धेरै प्रयोगकर्तालाई सुरुमै कम्पनीले नदिने बताएको छ ।