कीवर्डहरू -

स्मार्ट सिटीमा आइसिटी कन्फेरेन्स सम्पन्न 

स्मार्ट सिटीमा आइसिटी कन्फेरेन्स सम्पन्न 

विराटनगरमा जारी क्यान इन्फोटेकको तेस्रो दिन आइसिटी कन्फ्रेन्सको आयोजना भएको छ । स्मार्ट सिटी विषयमा केन्दि«त आइसिटी कन्फ्रेन्समा विभिन्न विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका छन् । अब स्थानिय निकायको जिम्मेवारी धेरै भएकाले आइटीलाई विशेष प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा  कि नोट स्पिकरको रुपमा काठमाडौं विश्वविद्यालयका प्राध्यापक डाक्टर मनष पोखरेल थिए । आइसिटी प्रयोग विना अब देश समृद्ध र विकास हुनै नसक्ने बताउदै पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै अब स्थानिय निकाय र सरकारले आइटीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । यसैगरी कन्फ्रेन्समा एक्सेसिबल गुड गभर्नेन्समा तुषार न्यौपाने, फिनटेकमा इसेवाका रुपेश न्यौपानेले कार्यपत्र प्रस्तुत गरेका थिए । यसैगरी आइओटी तथा पछिल्ला प्रविधिहरुबारे मणीन्द्र अर्यालले प्रस्तुति दिएका थिए । साइबर क्राइमको बारेमा प्रकाश उप्रेतीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्यानल डिस्कसनसमेत सञ्चालन भएको थियो । राजन लम्सालले सञ्चालन गरेको प्यानल डिस्कसनमा प्रा.डा मनीष पोखरेल, क्यान मोरङका अध्यक्ष राजन यादव, विराटनगर महानगरपालिकाका आइटी अफिसर यादव श्रेष्ठ र सुन्दर हरंैचाका आइटी अफिसर रोशन खनलाले सहभागिता जनाएका थिए । कार्यक्रममा विभिन्न नगरपालिकाका प्रतिनिधि, आइटी कलेज तथा कम्पनीहरु सहित ७० जनाको सहभागिता थियो ।