कीवर्डहरू -

टिकटकको जस्तो रियाक्सन भिडियो फिचर परीक्षण गर्दै ट्वीटर

टिकटकको जस्तो रियाक्सन भिडियो फिचर परीक्षण गर्दै ट्वीटर

ट्वीटरले टिकटकको जस्तो रियाक्सन भिडियो फिचरको जाँच गरिरहेको छ । केही महिना अघि मात्रै ट्वीटरले फ्लीट्सलाई हटाएको थियो भने अब पुनः नयाँ भिडियो फर्म्याटको जाँच सुरु गरेको छ ।

यो फिचरले गर्दा प्रयोगकर्ताहरुले ट्वीटसँगै आफ्नो प्रतिक्रिया भिडियोको रुपमा पठाउन सक्नेछन् । यो फिचर पहिले फ्लीट्समा पनि उपलब्ध रहेको थियो ।

तर फ्लीट्सलाई सार्वजनिक भएको एक वर्ष भित्रै बन्द गरेको थियो । ट्विटरका अनुसार फ्लिट्स फिचरमा प्रयोगकर्ताको आकर्षण अपेक्षा अनुसार नभएपछि बन्द गरिएको थियो ।

फेसबुक र इन्स्टाग्राममा २४ घण्टासम्म स्टोरी हाल्न मिल्ने फिचरको नक्कल गर्दै ट्विटरले पनि आफ्नो प्लेटफर्ममा यो फिचर सार्वजनिक गरेको थियो ।

फ्लिट्सबाट प्रयोगकर्ताले एउटा पोस्ट २४ घण्टाका लागि स्टोरीमा राख्न सक्थे । यो फिचर प्रमुख टाइमलाइनमै उपलब्ध रहनेछ तर रियाक्सन भिडियो भएको ट्वीट रिट्वीट भन्दा भिन्न देखिनेछ ।

यो फिचरलाई प्रयोग गरेर अरू प्रयोगकर्तालाई उत्पीडन हुन्छ की भन्ने आशकां पनि अरु प्रयोगकर्तामा देखिएको छ । यस्तै प्रयोगकर्ताको प्रतिक्रिया थाहापाउनका लागि अहिले यो फिचर जाँचकै चरणमा रहेको छ ।