कीवर्डहरू -

स्वीस सेनाले लगायो ह्वाट्सएपमा प्रतिबन्ध

स्वीस सेनाले लगायो ह्वाट्सएपमा प्रतिबन्ध

सुरक्षा समस्या पार्न सक्ने भनेर मेटा कम्पनीको ह्वाट्सएपलाई स्वीजरल्याण्डका सेनाले प्रतिबन्ध लगाएका छन् । सेनाले इन्क्रिप्ट गरिएको स्वीस मेसेजिङ एपनै प्रयोग गर्नुपर्ने भएको छ । ह्वाट्सएपसँगै स्वीस सेनाले सिग्नल र टेलिग्राम एप पनि प्रयोग गर्ननपाउने भएका छन् ।

अमेरिकी सरकारले ह्वाट्सएपको डेटाबेसबाट  स्वीजरल्याण्डको गोप्य जानकारी थाहापाउनसक्ने डरले यस्तो प्रतिबन्ध लगाइएको हो । डेटाको सुरक्षा प्राथमिक महत्वको विषय भएकाले स्वीस सरकारले यस्तो निर्णय लिएको हो ।

अरु देशका शैन्य शक्तिले पनि ह्वाट्सएपको प्रयोग निजी जानकारीमा जासूसी हुने भनेर प्रयोग गरिदैन् । धेरै देशको सेनाहरुका लागि आफ्नै एप विकास गरिएको छ ।