कीवर्डहरू -

गूगल डक्सको कमेन्ट सेक्सनलाई दुरुपयोग गरेर ह्याक गर्दै ह्याकर

गूगल डक्सको कमेन्ट सेक्सनलाई दुरुपयोग गरेर ह्याक गर्दै ह्याकर

गूगलको गूगल डक्स फिचर ह्याकरहरुका लागि उर्वर क्षेत्र बन्न पुगेको छ । अभान्यान, एक चेक पोइन्ट कम्पनीले ह्याकरहरुले गूगल डक्सको कमेन्ट फिचरलाई दुरुपयोग गरेर आक्रमण गरिरहेको पत्ता लगाएको छ । ह्याकरहरले विशेषत आउटलुक प्रयोगकर्ताहरुलाई लक्षित गरिरहेका छन् ।

तपाईलाई गूगल डक्सको कमेन्टमा कसैले मेन्सन गरेको छ भनेर नोटिफिकेशन आयो भने एकदमै सतर्क रहनुहोला । यही   कमेन्ट फिचरलाई दुरुपयोग गरेर आक्रमणकारीहरुले फिशिङ लिकंहरु डेलिभर गरिदिने गर्दछन् ।

गत अक्टोबरमा पनि डक्स र स्लाइड्स जस्तो गूगल एप्स प्रयोग गरेर ह्याकरहरुले खतरनाक लिकंहरु पठाउन सक्ने रिपोर्ट गरिएको थियो । यो आक्रमण करिब ५०० इन्बक्सहरमा पठाइएको थियो ।

इन्बक्समा आएको मेलमा प्रेषकको इमेल एड्रेस नदेखाउने भएकाले धेरैजना यस आक्रमणको चपेटामा परिसकेका छन् । डक्युमेन्ट सेयर पनि नगरिकन एट दि रेट गरेर मेन्सन मात्रै गरिदिएर पुग्ने हुँदा यो माध्यमलाई धेरै ह्याकरहरुले रुचाइरहेका छन् ।