कीवर्डहरू -

कुकीज ब्रिचका कारण गूगललाई फ्रान्सद्वारा २० अर्ब जरिवाना

कुकीज ब्रिचका कारण गूगललाई फ्रान्सद्वारा २० अर्ब जरिवाना

कुकीज ब्रिचका कारण गूगललाई फ्रान्सले २० अर्ब रुपैयाँको जरिवाना तिराएको छ । सोही विषयमा फ्रान्सले फेसबुकलाई पनि ८ अर्ब रुपैयाँको जरिवाना तिराएको छ ।

प्रयोगकर्ताहरुलाई कुकीज अस्वीकार गर्न नदिएको भनेर यस्तो जरिवाना लगाइएको हो । कुकीजलाई एक्सेप्ट गर्न सहज भएझैँ रिफ्युज पनि एक क्लिकमै हुन पाउनुपर्छ भनेर फ्रान्सेली सरकारले भन्ने गर्दछ ।

फ्रान्सको डेटा प्राइभेसी वाचडग सिएनआइएलले साइबरन्यूजमा यसको बारेमा जानकारी दिएको थियो । प्रयोगकर्तासँग स्वीकार र अस्वीकार गर्ने दुवै अधिकार हुनुपर्छ भन्ने सिएनआइएलको विश्वास रहेको छ ।