कीवर्डहरू -

आफ्नो साथीलाई डेट छान्न मद्दत गर्ने फिचरको परीक्षण गर्दै टिन्डर

आफ्नो साथीलाई डेट छान्न मद्दत गर्ने फिचरको परीक्षण गर्दै टिन्डर

डेटिङ एप टिन्डरले आफ्नो साथीले डेट छान्नलाई मद्दत पु¥याउन दिने फिचरको जाँच गरिरहेको छ । यो फिचरको नाम एपले स्वाइप पार्टी राखेको छ । स्वाइप पार्टीलाई फोनको क्यामेरा र माइक्रोफोनको एक्सेस दिनुपर्ने हुन्छ जसले गर्दा प्रयोगकर्ताको साथीले पनि डेटलाई छान्न र त्यसको बारेमा कुरा गरेको सुन्न पाउनेछन् ।

अहिलेसम्म साथीहरुसँगै बसेर कुन मान्छे ठिक होला भनेर निर्णय गर्ने गर्दथे तर टाढा भएको साथीका लागि पनि उपयुक्त हुने गरी यस फिचरको जाँच भइरहेको हो ।

यो भर्चुअल अनुभवले अझै प्रयोगकर्ताहरुलाई आकर्षित गर्न सक्ने टिन्डरको विश्वास रहेको छ । यस्तो फिचर एप्पलको सेयरप्ले, प्राइम भिडियो, डिजी प्लस र हुलुमा पहिलेनै उपलब्ध रहेको छ ।