कीवर्डहरू -

प्राधिकरण अध्यक्षबाट झाले दिएको राजिनामा स्वीकृत, निमित्त अध्यक्षमा पुरुषोत्तम खनाल

प्राधिकरण अध्यक्षबाट झाले दिएको राजिनामा स्वीकृत, निमित्त अध्यक्षमा पुरुषोत्तम खनाल

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाकाे राजिनामा स्वीकृत भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार झालाई राजिनामा स्वीकृतको पत्र लेखेको मन्त्रालयका उपसचिव मुकुन्द शर्माले जानकारी दिए ।

दिगम्बर झाले पुस ११ गते मन्त्रालयमा राजिनाम पत्र बुझाएका थिए । १३ दिनपछि उनकाे राजिनामा स्वीकृत गरिएकाे हाे । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले झालाई तेस्रो पटक प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।

उनको नियुक्तीसँगै भ्रष्टाचारको विषयमा सरकारको आलोचना बढेको थियो । तर पछिल्लो समय झाकै विषयलाई लिएर सत्तारुढ नेकपाकै संसदहरुले बढी आलोचना गरेपछि केपी ओली नेतृत्वको सरकारलाई बढी दबाब सिर्जना भएको थियो ।

केही समयअघि मात्र नेकपामा ४३ जना नेताहरुले हस्ताक्षर गर्दै झाको राजीनामा समेत माग गरेका थिए । सरकारकै आलोचना बढी भएपछि झाले बुझाएका थिए ।

अध्यक्षबाट दिगम्बर झाकाे राजिनामापछि मन्त्रालयले प्राधिकरणकाे निमित्त अध्यक्षमा प्राधिकरणका वरिष्ठ निर्देशक पुरूषाेत्तम खनाललाई जिम्मेवारी दिएकाे छ ।

खनालले प्राधिकरणको वार्षिक कार्ययोजना लागु गर्ने लगाएतका कार्य गर्न सक्ने छन्। तर बोर्ड बैठक सञ्चालन गर्ने अधिकार भने उनलाई छैन।