कीवर्डहरू -

नाईट स्काई र्यान्समवेयरबाट बच्न माइक्रोसफ्टको चेतावनी

नाईट स्काई र्यान्समवेयरबाट बच्न माइक्रोसफ्टको चेतावनी

चिनियाँ ह्याकरहरुले बनाएको नाईट स्काई र्यान्समवेयर विरुद्ध सर्तक भएर बस्न माइक्रोसफ्टले चेतावनी दिएको छ । यो डबल एक्सटोर्सन र्यान्समवेयर हो । यस्तो र्यान्समवेयरले कम्पनीको डेटा चोर्ने गर्दछ र र्यान्सम नतिरेमा डेटा प्रकाशन गरिदिने धम्की दिने पनि गर्दछन् ।

यो चीनमा रहेको र्यानसमवेयर अपरेटर डिईभि–०४०१ को नाममा दर्ता गरिएको छ । हालैमो चिनियाँ ह्याकरहरुले लग फोर जे समस्यालाई प्रयोग गरेर शैक्षिक संस्थाहरुलाई आक्रमण गरेको पत्ता लागेको थियो ।

ओभरवाच गेममा लग फोर जे बग रहेको थियो र ह्याकरहरुले त्यो समस्यालाई प्रयोग गरिरहेका थिए । यो ह्याक पनि त्यही चिनियाँ समूहले गरेको हुन सक्छ भनेर अहिले आशंका गरिएको छ ।