कीवर्डहरू -

स्न्यापच्याटले सार्वजनिक गर्‍यो च्याटमा बिटमोजी रियाक्सन र थ्रेडेड रिप्लाईको फिचर

स्न्यापच्याटले सार्वजनिक गर्‍यो च्याटमा बिटमोजी रियाक्सन र थ्रेडेड रिप्लाईको फिचर

स्नापच्याटले च्याटमा बिटमोजी रियाक्सन र थ्रेडेड रिप्लाईको फिचर ल्याएको छ । यो फिचर दुवै एन्ड्रोइड र आईओएस प्रयोगकर्तक लागि उपलब्ध हुने भएको छ ।

च्याट रिपलाईले तपाईलाई थ्रेड बनाउन दिने छ । तपाईले कुनै एउटा च्याटमा थिचिरहेर त्यसलाई मात्रै रिप्लाई गर्न पाउनु हुनेछ । कुनै च्याटमा प्रतिक्रिया जनाउनलाई बिटमोजीको प्रयोग गर्न पाइने छ ।

प्रतिक्रिया जनाउनलाई बेग्लाबेग्लै अप्सनहरु रहेका छन्, जसमा बुढी औँला माथि उठाएको, तल देखाएको, हार्ट, आगो र खुशीको आसुँ झारेको बिटमोजी जस्ता अप्सनहरु रहेका छन् ।

यति मात्रै नभएर स्न्यापच्याट प्रयोगकर्ताहरुले स्न्याप र स्टोरीमा पोल सञ्चालन पनि गर्न सक्नेछन् । ती प्रश्नहरुलाई प्रयोगकर्ताहरुले इमोजीले पनि भोट गर्न पाउनेछन् । स्न्यापच्याटले अडियो तथा भिडियो कलिङ इन्टरफेसमा पनि परिवर्तन ल्याएको छ ।