कीवर्डहरू -

एक्सप्लोर ट्याबमा ब्लक र म्युट गरिएको अकाउन्ट नदेखिने फिचर सार्वजनिक गर्दै ट्वीटर 

एक्सप्लोर ट्याबमा ब्लक र म्युट गरिएको अकाउन्ट नदेखिने फिचर सार्वजनिक गर्दै ट्वीटर 

ट्वीटरले एक्सप्लोर ट्याबले ब्लक र म्यूट गरिएको अकाउन्टहरु नदेखाउन फिचर सार्वजनिक गर्ने भएको छ । त्यस्तै म्यूट गरेको कीवर्डहरुलाई पनि एक्सपलोर ट्याबले नदेखाउने छ ।

कम्पनीले प्लेटफर्मको विभिन्न क्षेत्रहरुम कीवर्ड तथा अकाउन्ट लुकाउनका लागि काम गर्दै छ । म्यूट वा ब्लक गरिएको अकाउन्टहरु वाट्स ह्यापनिङ साइडबारमा पनि देखिदैनन् । यसले प्रयोगकर्ताहरुलाई प्लेटफर्ममा के हेर्ने र नहेर्ने भनेर बढि कन्ट्रोल दिने गर्दछ ।

यो फिचरले गर्दा आफूलाई मनपर्ने गेम वा शोको स्पोइलरबाट पनि बच्न सकिन्छ । त्यो शोको नाम वा कीवर्ड ब्लक गरेभने त्यस बारेमा केही पनि आउँदैन् र तपाईले आफ्नो समय मिलाएर शो हेर्ने वा गेम खेल्ने गर्न सक्नुहुनेछ ।