९५ प्रतिशत साइबरसुरक्षा समस्या मान्छेकै गल्तीले गर्दा आउने वर्ल्ड इकोनोमिक फोरमक रिपोर्टले देखाएको छ । इन्टरनेटमा दैनिक रुपमा २ हजार साइबर आक्रमणहरु हुने गर्दछन र यसमा ९५ प्रतिशत आक्रमण ‘ह्युमन एरर’ ले हुने गरेको वर्ल्ड इकोनोमिक फोरमको रिपोर्टले देखाएको हो ।
यो कुराको जानकारी वर्ल्ड इकोनोमिक फोरमले ग्लोबल रिस्क रिपोर्ट जानकारी दिएको छ । डिजिटल स्पेस कोभिड महामारीले गर्दा विस्तृत हुँदै गईरहेको छ र यसको फाइदा ह्याकरहरुले उठाइरहेका छन् ।
डिजिटल कमर्सको वृद्धिले पनि ह्याकहरु बढ्दै गएको देखिन्छ । रिपोर्टमा ४३ प्रतिशत डेटा ब्रिचहरु इन्साइडर थ्रेटले हुने गरेको उल्लेख गरिएको छ ।