उत्तर कोरियाली ह्याकरहरुले सन् २०२१ मा ४७ अर्ब नेपाली रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी चोरेका छन् । गत वर्ष उत्तर कोरियाली ह्याकरहरुले क्रिप्टोकरेन्सी चोर्न कम्तीमा पनि सात ओटा आक्रमण गरेका थिए र डिजिटल एसेटबाट ४७ अर्ब रुपैयाँ (४०० मिलियन डलर) चोरेका थिए ।
सन् २०२० को तुलनामा ह्याकबाट हुने फाइदा ४० प्रतिशतले वृद्धि भएको छ । यूनाइटेड नेशनको विज्ञहरुको प्यानेलले उत्तर कोरियाको सरकारलाई चोरिएको पैसा न्यूक्लिअर हतियार र ब्यालिस्टिक मिसाइल बनाउन प्रयोग गरेको आरोप लगाएका छन् । उत्तर कोरियाले ह्याकिङको आरोपलाई अस्वीकार गर्दै विज्ञप्ति जजारी गरेको छ ।
गत वर्ष अमेरिकाले तीन जना उत्तर कोरियाली कम्प्यूटर प्रोग्रामरहरुलाई १.३ बिलियन डलर रकम र क्रिप्टोकरेन्सी चोरी गर्न खोजेको भनेर सजाय दिएको थियो ।
आक्रमणकर्ताले कोड एक्सप्लोइट, म्यालवेयर र एडभान्सड सोसल इन्जिनियरिङ टूलहरु प्रयोग गरेर ह्याक सञ्चालन गरेका थिए ।
गत वर्षको धेरैजसो आक्रमण लेजारस ग्रुपलेनै सञ्चालन गरेको थियो । यो समूह वानअ क्राई र्यानसमवेयर आक्रमणमा पनि संलग्न रेहको आरोेप रहेको छ ।