इजरायलको पुलिसले नागरिकहरुको जासुसी गर्नका निम्ति पेगासस सफ्टवेयर प्रयोग गर्ने गरेको एक स्थानीय मिडियाले आरोप लगाएको छ । स्थानीय व्यवसायिक समाचार मिडिया कलक्यालिस्टका अनुसार राजनितिज्ञ, पार्टीका सदस्य, सरकारी कर्मचारीहरुलाई अनुमति बिना इजरायलको पुलिसले बग र ट्रयाक गरेका छन् ।
पेगासस सफ्टवेयर आइफोन र एन्ड्रोइड डिभाइस मार्फत काम गर्ने गर्दछ । सकंलन गरेको डेटालाई कसरी प्रयोग गरियो भन्ने बारे केही पनि जानकारी छैन् ।
पेगासस एक उच्च परिष्कृत निगरानी सफ्टवेयर हो जसले कुनै पनि व्यक्तिको फोन ह्याक गरेर उसको गतिविधिमाथि निगरानी राख्न सकिन्छ । पेगासस सफ्टवेयर एनएसओ ग्रुप नामक इजरायली टेक कम्पनीले बनाएको स्पाईवेयर हो ।
पेगासस सफ्टवेयर इन्स्टल भएपछि त्यसले फोनमा रहेको सबै जानकारीको पहुँच पाउन सक्छ । यसले म्यासेज, कल, एप एक्टिभिटी, प्रयोगकर्ताको ठेगाना, भिडियो क्यामेरा र माइक्रोफोनको पहुँच पाउन सक्छ । यसलाई अन्वेषकहरुले मोड्युलस म्यालवेयर पनि भन्ने गर्दछन् । इजरायली प्रहरीले सन् २०१३ देखि पेगासस सफ्टवेयर प्रयोग गर्दै आएका छन् ।