प्राप्त गरिने सम्पूर्ण ईमेल मध्ये ४० प्रतिशत ईमेल हानीकारक हुने गरेको एक रिपोर्टले देखाएको छ । होर्नेट सेक्युरिटीले गरेको एक पछिल्लो अन्वेषण अनुसार प्राप्त गरेका कुल इमेल मध्ये ४० प्रतिशत प्राप्त गरिने ईमेलमा फिशिङ, म्यालवेयर र अरु सुरक्षा खतराहरु हुने गर्दछन् ।
धेरैजसो ईमेल अनवान्टेड हुने गर्दछन्, जसमा ८० प्रतिशत ईमेल सेक्युरिटी फिल्टरले ब्लक हुने गर्दछन् । १५.४ प्रतिशत ईमेल स्प्याम हुने गर्दछन् । ४ प्रतिशत ईमेल खतराको रुपमा रहने गर्दछ र एक प्रतिशत ईमेल एडभाान्सड थ्रेटको रुपमा काम गर्ने गर्दछ ।
एक प्रतिशतमा मालवेयर,स्पेयर फिशिङ र सिईओ फ्रड जस्ता ईमेल पर्ने गर्दछन् । मालवेयरलाई लुकाउन हानीकारक ईमेलले विभिन्न उपायहरु अपनाउने गर्दछन् ।
धेरैजसो पिडिएफ फाइललाई प्रयोग गरेर हानीकारक लिकंहरु पठाउने गरिन्छ । दोस्रो स्थानमा ह्याकरहरुले एक्सेल फाइल प्रयोग गर्ने गरेको पाइएको छ । अरु भनेको वर्ड र पावरपोइन्ट फाइल प्रयोग गरिदै आइएको छ ।