कीवर्डहरू -

एन्ड्रोइडबाट आईफोनमा च्याट सार्न मिल्ने फिचर ल्याउँदै ह्वाट्सएप

एन्ड्रोइडबाट आईफोनमा च्याट सार्न मिल्ने फिचर ल्याउँदै ह्वाट्सएप

ह्वाट्सएपले एन्ड्रोइडबाट आईफोनमा च्याट सार्न मिल्ने फिचर ल्याउने भएको छ । डब्लुएबेटा इन्फोको अनुसार ह्वाट्सएपले एन्ड्रोइडबाट आईफोनमा च्याट सार्न मिल्ने फिचरको विकास गरिरहेको छ ।

डब्लुएबेटा इन्फोले सेयर गरेको स्क्रीनसट अनुसार यो फिचरले च्याट सार्न अघि प्रयोगकर्तासँग स्वीकृति माग्ने गर्दछ ।

एन्ड्रोइडमा यूएसबी टाइप सी प्रयोग गरेर सजिलै च्याट सार्न सकिन्छ तर एन्ड्रोइडबाट आईफोनमा अहिलेसम्म च्याट कन्टेन्ट सार्न नमिलेको हुँदा यो फिचर ल्याउन लागिएको हो ।

त्यस्तै ह्वाट्सएपले डेस्कटप र वेब प्रयोगकर्ताका लागि पनि टू स्टेप भेरिफिकेसन फिचर पनि सार्वजनिक गर्ने तयारीमा रहेको छ ।