कीवर्डहरू -

सामाजिक सञ्जालको लतले ११ वर्षीया बालिकाले गरिन् आत्महत्या, कम्पनीविरुद्ध आमाले हालिन मुद्दा

सामाजिक सञ्जालको लतले ११ वर्षीया बालिकाले गरिन् आत्महत्या, कम्पनीविरुद्ध आमाले हालिन मुद्दा

अमेरिकाकी एक आमाले आफ्नी छोरीको आत्महत्याको कारण  इन्स्टाग्राम र स्नापच्याट रहेको भन्दै मुद्दा हालेकी छिन् । उनले मेटा र स्नापच्याट विरुद्ध मुद्दा हालेकी हुन् ।

उनकी ११ वर्षीया छोरी सामाजिक सञ्चालको साह्रै लतमा फसेर आत्महत्या गरेको आमाको भनाइ रहेको छ । गत जुलाईमा ११ वर्षीया सेलिनाको सामाजिक सञ्चालको लतमा परेपछि आत्महत्या गरेकी हुन् ।

इनग्याजेटसँग कुरा गर्दै स्नापच्याटले सेलिनाको मृत्यु प्रति दुःख जाहिर गर्दै जहिले पनि आफ्नो प्रयोगकर्ता सुरक्षित ढगंले एप चलाउन भन्ने चाहने बताएको छ ।

सेलिनाकी आमा टयामी रोड्रीगेजले एपमा प्यारेन्टल कन्ट्रोल र बालबालिकाको उमेर भेरिफाई गर्ने केही पनि नरहेको भनेर गुनासो पनि राखेकी छिन् ।

उनले एपको लतले गर्दा छोरी सुत्न नसक्ने, डिप्रेसनको शिकार भएको, स्कुल जान नमान्ने, खाना नखाने गर्दा गर्दै अन्तयमा आत्महत्यानै गरेको बताएकी छिन् । यस्तो अरु बालबालिकासँग नि हुन सक्ने चेतना फैलाउन रोड्रीगेजले मुद्दा उजुरी गरेकी हुन् ।