कीवर्डहरू -

ट्रयाकरहरुले प्रयोगकर्ताको ८० प्रतिशतसम्म ब्राउजिङ हिस्ट्री ट्रयाक गर्न सक्ने

ट्रयाकरहरुले प्रयोगकर्ताको ८० प्रतिशतसम्म ब्राउजिङ हिस्ट्री ट्रयाक गर्न सक्ने

केही अनलाइन ट्रयाकरहरुले प्रयोगकर्ताको ८० प्रतिशत सम्म ब्राउजिङ हिस्ट्री ट्रयाक गर्न सकेको एक प्रतिवेदनले देखाएको छ ।

नोर्टन ल्याबले प्रकाशन गरेको कन्जयुमर साइबर सेफ्टी पल्स रिपोर्टले सन् २०२१  को अक्टोबर देखि डिसेम्बरसम्मको साइबर सेक्युरिटीको विषयबारे छलफल गरेको छ ।

नोर्टनले गरेको सर्वेक्षण अनुसार ट्रयाकरहरुले प्रयोगकर्ताले ब्राउज गर्न सुरु गरेको दुई घण्टामै डेटा ट्रयाक गर्न सुरु गरिदिने गर्दछन्, जसका कारणले तपाईले दिनकै ब्राउजिङ हिस्ट्री क्लियर गरेता पनि दिनको दुई घण्टा मात्रैले ह्याकरहरुले तपाईको बारेमा धेरै कुराहरु थाहापाउन सक्नेछन् ।

वेब ट्रयाकरहरुले इन्टरनेटमा हामीलाई ट्रयाक गरिरहन्छन् भन्ने कुरा त हामी सबैलाई थाहानै छ तर नोर्टनले ट्रयाकरहरुले ८० प्रतिशत सम्म ब्राउजिङ हिस्ट्री ट्रयाक गर्ने गरेको तथ्य खुलाएको छ ।

रिपोर्टका अनुसार सामान्यतया प्रयोगकर्ताहरुले हरेक हप्ता १७७ ओटा ट्रयाकिङ संस्था सँग अन्र्तक्रिया गर्ने गर्दछन् ।

यस्ता ट्रयाकरहरुले फिशिङ इमेलहरु पठाउने गर्दछन् । उनीहरुले प्रयोगकर्ताको यूजरनेम, पासवर्ड, सामाजिक सुरक्षा नम्बर समेत ट्रयाक गरेर पत्ता लगाउने गर्दछन् ।