कीवर्डहरू -

म्यासेन्जरमा इण्ड टू इण्ड इन्क्रिप्सन फिचर रोलआउट हुँदै, अब स्क्रीनसट लिएको नोटिफिकेशन जाने 

म्यासेन्जरमा इण्ड टू इण्ड इन्क्रिप्सन फिचर रोलआउट हुँदै, अब स्क्रीनसट लिएको नोटिफिकेशन जाने 

म्यासेन्जरमा इन्ड टु इन्ड इन्क्रिप्सन फिचर रोलआउट गर्न शुरू गरेको छ ।  इण्ड टू इण्ड इन्क्रिप्टेड कन्भरसेसनको फिचर प्रयोगकर्ताले धेरै पहिले देखिनै पर्खिएका थिए तर अब भने यो फिचर फेसबुकले रोलआउट गर्न थालेको हो ।

इण्ड टू इण्ड इन्क्रिप्सन फिचर ग्रुप च्याट र कलका लागि पनि मेटाले उपलब्ध हुने जनाएको छ । यो अपडेटले फोटो तथा भिडियोलाई पठाउनुअघि सेभ र एडिट गर्न दिन्छ ।

यो फिचर डिफल्ट फिचरको रुपमा सन् २०२३ मा फेसबुक मेसेन्जर र इन्स्टाग्राममा उपलब्ध हुनेछ । च्याटलाई इण्ड टू इण्ड इन्क्रिप्टेड गरेपछि स्क्रीनसट लिएको पनि जानकारी जानेछ । स्क्रीनसटको नोटिफिकेशन जाने फिचर मेसेन्जरमा भ्यानिस मोडमा पनि उपलब्ध रहेको छ ।