कीवर्डहरू -

सामाजिक सञ्जाल प्रयोग गरेर एक वर्षमै ७७० मिलियन डलर चोरी

सामाजिक सञ्जाल प्रयोग गरेर एक वर्षमै ७७० मिलियन डलर चोरी

सन् २०२१ मा सामाजिक सञ्जाल प्रयोग गरेर ह्याकरहरुले कम्तिमा पनि ७७० मिलियन अमेरिकी डलर चोरी गरेको पाइएको छ ।

एफटिसीले सार्वजनिक गरेको रिपोर्ट अनुसार ९५ हजार भन्दा बढि प्रयोगकर्ताहरुको ७७० मिलियन अमेरिकी डलर चोरी भएको बताएको छ । सन् २०२० माह्याकरहरुले २५८ मिलियन अमेरिकी डलर मात्रै चोर्न सफल भएका थिए ।

गत पाँच वर्षमा स्कयामरको संख्यामा एकदमै वृद्धि भएको रिपोर्टले बताएको छ । गत वर्षहरुमा रोम्यान्स स्कयामको पनि एकदमै वृद्धि भएको पाइएको छ ।

यस्तो स्क्याम धेरैजसो नचिनेको मान्छेले फ्रेण्ड रिक्वेस्ट पठाएर राम्ररी कुरा गर्न थाल्ने र त्यसपछि पैसा माग्ने गरेर सञ्चालन गर्ने गरिन्छ ।

अनलाइन सपिङमा पनि धेरै स्कयाम हुने गरेको पाइएको छ । सामान डेलिभरी नगर्ने र पैसा मात्रै लिने गरेको धेरै ठाउँमा पाइएको छ । रिपोर्टमा सामाजिक सञ्जाल अन्र्तगत पनि फेसबुक र इन्स्टाग्रामको नाम मात्रै उल्लेख गरिएको पाइएको छ ।

धेरैजसो रोम्यान्स स्कयाम र अनलाइन सपिङ स्कयाम फेसबुक र इन्स्टाग्रामकै माध्यमले हुने गरेको पाइएको छ ।