कीवर्डहरू -

बायोमेट्रिक डेटामा समस्या, लाखौँ एप प्रयोगकर्ताको निजी जानकारी चोरी हुने सक्ने

बायोमेट्रिक डेटामा समस्या, लाखौँ एप प्रयोगकर्ताको निजी जानकारी चोरी हुने सक्ने

बायोमेट्रिक डेटामा समस्या भेटिएपछि लाखौँ प्रयोगकर्ताको निजी जानकारी चोरी हुने सक्ने पाइएको छ ।

डिसेम्बर १९ मा सुरक्षा अन्वेषक मिक्केल टकंले फ्रन्ट एण्ड  एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस ( एपिआई ) भेटाएका थिए, जुन विश्व्यापी रुपमा प्रयोग गरिएको धेरै एपहरुमा रहेको थियो ।

यसले गर्दा बायोमेट्रिक डेटा खतारमा परेको हो । ओनफिडो, एक आईडी भेरिफाई गर्ने सेवा प्रयोग गरेका एपहरुमा सेक्युरिटीमा समस्या आएपछि बायोमेट्रिक डेटा बाहिरिएको हो, जसबाट क्लयान्टहरुले दिएको निजी जानकारी डाउनलोड गर्न सकिन्छ ।

कारोबार गर्ने एप एफएक्स प्रो डाईरेक्ट जस्ता ठूला व्यवसायहरु यो ब्रिचबाट मारमा परेका छन् । गूगल प्ले स्टोरमा यो एपको ५० लाख डाउनलोड रहेका छन् । त्यस्तै ४ लाख डाउनलोड रहेको बेलायतमा आधारित रहेको सेभिङ एप चिपलाई पनि यो सेक्युरिटी समस्याले फरक पारेको छ ।

मोड नामक क्रिप्टोकरेन्सी एपका प्रयोगकर्ताहरुलाई पनि यस समस्याले असर पारेको छ । यस ब्रिचले एन्ड्रोइड प्रयोगकर्ताहरुलाई मात्रै नभएर आईओएस प्रयोगकर्ताहरुलाई पनि असर पारेको छ तर आईओएसले डाउनलोड डेटा सार्वजनिक नगर्ने हुँदा कति जना प्रयोगकर्ता प्रभावित भएका छन् भनेर थाहापाउन सकिएको छैन् ।