कीवर्डहरू -

तीब्र गतिमा बढ्दै डेटा बिच्र, एक वर्षमै बाहिरिए ४० अर्ब बढी रेकर्ड

तीब्र गतिमा बढ्दै डेटा बिच्र, एक वर्षमै बाहिरिए ४० अर्ब बढी रेकर्ड

सन् २०२१ मा विश्वव्यापी रूपमा ४० बिलियन भन्दा बढी रेकर्डहरु सार्वजनिक भएको पत्ता लागेको छ । साईबर एक्सपोजर कम्पनी टेनेबलले सन् २०२१ मा भएको डेटा ब्रिचको स्केललाई अडिट गरेको थियो र कम्पनीले सन् २०२१ मा ४० बिलियन भन्दा बढि रेकर्डहरु बाहिरिएको पत्ता लगाएको हो ।

कम्पनीले गरेको सर्वेक्षणले डेटा ब्रिच एकदमै तिव्र गतिमा भईरहेको देखाएको छ । टेनेबलको रिपोर्ट अनुसार ४० अर्ब ४१ करोड ७१ लख ६७ हजार ९ सय ३७ जनाको रेकर्ड विश्वव्यापी रुपमा सार्वजनिक भएको पाइएको छ ।

टेनेबलको सेक्युरिटी रिस्पोन्स टिमले सार्वजनिक रूपमा खुलसा भएका नोभेम्बर २०२० देखि अक्टोबर २०२१ सम्मका १ हजार ८२५ डेटाको विश्लेषण गरेको थियो । त्यसका आधारमा कम्पनीले एक वर्षमा ४० बिलियन रेकर्ड सार्वजनिक भएको पत्ता लगाएको हो ।

सन् २०२० मा २२ बिलियन रेकर्डहरु बाहिरिएका थिए र सन् २०२१ मा यो संख्या एकदमै वृद्धि भएको देख्न सकिन्छ । डेटा ब्रिचमा ३८ प्रतिशत ब्रिचहरु यार्नसमवेयर आक्रमणका कारणले हुने गरेको पनि टेनेबलले पत्ता लगाएको छ ।