कीवर्डहरू -

कुमारी बैंकको मोबाइल बैंकिङ एपबाट टपअप र डेटा प्याक खरिद गर्दा आईफोन १५ जित्ने मौका

कुमारी बैंकको मोबाइल बैंकिङ एपबाट टपअप र डेटा प्याक खरिद गर्दा आईफोन १५ जित्ने मौका

कुमारी बैंकले ‘नयाँ वर्ष २०८१, जितौं आईफोन १५ एक्कासि’ योजना सार्वजनिक गरेको छ । ग्राहकका लागि डिजिटल बैंकिङ अनुभव अभिवृद्धि गर्ने उद्देश्यका साथ एफवान सफ्ट इन्टरनेसनलसँगको सहकार्यमा यो योजना सञ्चालन गरेको हो ।

यस अभियान अन्तर्गत कुमारी बैंकका नयाँ तथा पुराना ग्राहकले कुमारी स्मार्ट एप प्रयोग गरी ५०० रुपैयाँको टपअप र कुनै पनि एउटा डाटाप्याक खरिद गर्दा एक भाग्यशाली ग्राहकले ब्रान्ड न्यू आईफोन १५ जित्न सक्नेछन् ।

यस अभियानमा सहभागी हुनका लागि ग्राहकले आफ्नो नजिकैको शाखाबाट मोबाइल बैंकिङमा दर्ता गर्न सक्नेछन् । साथै यो अभियानको अवधि १ वैशाखदेखि ३१ वैशाखसम्म रहेको छ ।