डिसहोमले ग्राहकका लागि ‘खुसीको रिचार्ज’ अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकले जति पैसाको रिचार्ज गर्यो उति नै पैसा बोनस प्राप्त गर्नेछन् ।
ग्राहकले नजिकैको डिलर दाइकोमा गएर फन्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्नेछन् ।
३६५ दिनदेखि रिचार्ज नगरेको गाहकलाई लक्षित गरी यो योजना ल्याइएको कम्पनीले जनाएको छ । यदि ग्राहकले ४०० रुपैयाँको रिचार्ज गर्दा ४००, २ हजार रुपैयाँको रिचार्ज गरेमा २ हजार नै बोनस प्राप्त गर्नेछन् । कम्पनीका अनुसार यो योजना सीमित अवधिका लागि मात्र लागु हुनेछ ।
यस्तै नियमित रिचार्ज गरिरहेका ग्राहकले भने १ वर्षको रिचार्ज गर्दा थप १२ महिनासम्म निःशुल्क डिसहोम हेर्ने मौका पाउने कम्पनीले बताएको छ ।
डिसहोम डीटीएचका नियमित ग्राहकले नजिकैको डिलर दाइकोमा गएर फन्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत बार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।