कीवर्डहरू -

अन्तर्राष्ट्रिय सम्बन्धमा रुचि भएकालाई अवसर, ग्रीष्मकालीन इन्टर्नसिप घोषणा

अन्तर्राष्ट्रिय सम्बन्धमा रुचि भएकालाई अवसर, ग्रीष्मकालीन इन्टर्नसिप घोषणा

काठमाडौं । परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको संयुक्त आयोजनामा ‘ग्रीष्मकालीन इन्टर्नसिप २०२६’ कार्यक्रम सुरु गरिएको छ ।

कार्यक्रमबारे जानकारी दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक क्षमता सुदृढ बनाउन इन्टर्नसिप कार्यक्रम सञ्चालन गरिएको बताए ।

उनका अनुसार कार्यक्रम अन्तर्गत रणनीतिक मामिला, विकास तथा वित्त, उदीयमान प्रविधि, स्वच्छ ऊर्जा तथा नेपाली डायस्पोरा सम्बन्धी पाँच प्रमुख क्षेत्रमा केन्द्रित भएर नीतिगत अध्ययन तथा अनुसन्धान गरिनेछ ।

परराष्ट्र मन्त्रालयले स्वदेश तथा विदेशमा रहेका नेपाली विद्यार्थी, अनुसन्धानकर्ता र विज्ञहरूको ज्ञान, अनुभव तथा ऊर्जालाई राष्ट्रिय नीति निर्माण प्रक्रियासँग जोड्ने उद्देश्यसहित यो कार्यक्रम ल्याइएको जनाएको छ ।

नेपालको विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक क्षेत्रप्रति रुचि राख्ने प्रतिभाहरूलाई प्रत्यक्ष रूपमा नीति निर्माणको मूलधारसँग जोडेर दीर्घकालीन योगदान लिन कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।