भारत । “आत्मनिर्भर भारत इन एयरोस्पेस एन्ड डिफेन्स: बिल्डिङ इन्डिजिनस क्यापाबिलिटी एन्ड ग्लोबल कम्पिटिटिभनेस” शीर्षकको सेमिनार सूरतमा भायब्रेन्ट गुजरात क्षेत्रीय सम्मेलन अन्तर्गत सफलतापूर्वक सम्पन्न भएको छ ।
यस कार्यक्रमको मुख्य उद्देश्य भारतको रक्षा तथा एयरोस्पेस उद्योगमा आत्मनिर्भरता हासिल गर्ने यात्रालाई उत्सवका रूपमा मनाउनु र यसको उपलब्धिहरूलाई प्रदर्शन गर्नु रहेको थियो । कार्यक्रमले स्वदेशी नवप्रवर्तन, प्रविधिगत प्रगति तथा विभिन्न क्षेत्रबीचको सहकार्यलाई उजागर गर्ने प्लेटफर्मको रूपमा काम गरेको थियो ।

उक्त सेमिनारमा रक्षा मन्त्रालय (Ministry of Defence), भारतीय सशस्त्र बल, विश्वव्यापी रक्षा ठेकेदारहरू, अन्तरिक्ष तथा जियोस्पेशियल उद्योगका प्रमुख प्रतिनिधिहरू, अनुसन्धान तथा विकास विशेषज्ञहरू र लगानीकर्ताहरूको सहभागिता रहेको थियो । यसले भारतको रणनीतिक उद्योगमा बहु-क्षेत्रीय सहकार्य र लगानीको सम्भावनालाई थप सुदृढ बनाएको छ ।


कार्यक्रमअन्तर्गत गुजरात सरकारले एयरोस्पेस तथा रक्षा क्षेत्रमा योगदान पुर्याउने ७ वटा कम्पनीहरूलाई सुविधा (facilitation) प्रदान गरेको छ, जसले देशको आत्मनिर्भर भारत अभियानलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।
तीमध्ये Resecurity को भारत शाखा (India establishment) पनि समावेश रहेको थियो । यस अवसरमा Resecurity प्रतिनिधि राजन पन्तले कम्पनीको सहभागिता र मान्यता प्रति गर्व व्यक्त गरेका छन् । उनले २ मे २०२६ मा प्राप्त भएको सम्मानलाई महत्वपूर्ण उपलब्धि रूपमा उल्लेख गरेका छन् ।
आईसीटी समाचार