कीवर्डहरू -

फेसबुक पोष्ट डिलिट भएपछि बालेनले भने: पोस्ट उडाउने हैन, दोषी समाउ सरकार

फेसबुक पोष्ट डिलिट भएपछि बालेनले भने: पोस्ट उडाउने हैन, दोषी समाउ सरकार

नेकपाका एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गर्न माग गरेको स्टाट्स डिलिट भएपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पोष्ट उडाउने भन्दा पनि दोषीलाई समाऊन सरकारलाई आग्रह गरेका छन् । 

मंगलबार फेसबुकमा एक स्टाट्स लेख्दै बालेनले पोस्ट उडाउने हैन, दोषी समाउन र यदी आफु गलत भए आफुलाई समाउन सरकारसँग माग गरेका हुन् । 

उनले भनेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाउ सरकार, म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।’

दुई दिनअघि फेसबुकमा एक स्टाटस लेख्दै बालेनले नेकपा एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गर्न माग गरेका थिए । शर्माले एक बालिकालाई सात वर्षदेखि श्रम शोषण गरेको र यातनासमेत दिएको उनको आरोप थियो । 

त्यसपछि उक्त पोष्टमा धेरै रिपोर्ट आएपछि फेसबुकले नै बालेको सो पोष्ट हटाएको थियो ।