कीवर्डहरू -

अनर एक्स नाइन बी भारतमा पनि सार्वजनिक

अनर एक्स नाइन बी भारतमा पनि सार्वजनिक

अनर एक्स ९ बी भारतमा पनि सार्वजनिक भएको छ । नेपालमा सार्वजनिक भएको केही समय पछि सो फोन भारतमा समेत सार्वजनिक भएको हो । 

नेपालमा यसअघि नै २१ जनवरीमा सार्वजनिक भएको १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको अनर एक्स ९बी को मूल्य ४३ हजार ९९९ रूपैयाँ रहेको छ। भारतमा भने उक्त स्मार्टफोन १५ फेब्रुअरीमा सार्वजनिक भएको ८ प्लस २५६ जीबी भेरियन्टको मूल्य २५ हजार ९९९ भारतीय रूपैयाँ रहेको छ ।

यसबाहेक, नेपालीहरूले अनब्रेकेबल स्मार्टफोन तीन रङमा उपलब्ध भएकोमा भारतमा भने दुईवटा विकल्पमा उपलब्ध भएको छ । 

नेपालमा आयात हुने सबै स्मार्टफोनहरू भारतमा भन्दा धेरै महँगो हुने गर्दछन् । एकै मोडेल र भेरियन्टको मूल्य भारतमा भन्दा नेपालमा बढी हुने गर्दछ, जसमा कुनै मोडलहरूको मूल्य त भारतको तुलनामा भन्दा दोब्बर नै हुने गर्दछ। तर अहिले भर्खरै सार्वजनिक भएको अनरको स्मार्टफोनको मूल्य भने लगभग उस्तै उस्तै छ ।