कीवर्डहरू -

अनर एक्स नाइन बी स्मार्टफोन नेपालमा सार्वजनिक हुँदै, प्रि-बुकिङ खुल्यो

अनर एक्स नाइन बी स्मार्टफोन नेपालमा सार्वजनिक हुँदै, प्रि-बुकिङ खुल्यो

सेलट्रोन नेपालले अनर एक्स नाइन बी स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ । आईतबादेखि अनर एक्स नाइन बीको प्रि बुकिङ समेत खुला भएको छ । 

'द अनब्रेकेबल स्मार्टफोन'  ट्यागलाइनको साथ अनर एक्स नाइन बी सबैभन्दा बलियो डिस्प्लेका लागि विश्वभरि प्रख्यात रहेको छ । यसलाई SGS बाट फाइभ स्टार पनि प्रदान गरिएको सेलट्रोन नेपालको भनाइ छ । 

ग्राहकले यो फोन प्रि-अर्डर गर्दा पहिलो ४०० ग्राहकले पाँच हजार ९९० रुपैयाँ मूल्यको ‘अनर इयरबड्स एक्स फाइभ’ निःशुल्क पाउने छन् । प्रि-बुकिङ २७ जनवरीसम्म जारी रहनेछ । 

अनर एक्स नाइस एभन्दा क्यामेरा, ब्याट्री र सबै जस्ता अन्य पक्षहरूमा अपग्रेड गरिएको छ ।  

फोनमा १०८ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रा वाइड क्यामेरा र २ मेगापिक्सेलको म्याक्रो गरी पछाडि ट्रिपल क्यामेरा सेटअप छ । त्यस्तै सेल्फीका लागि १६ मेगापिक्सेल क्यामेरा छ।

१२ जीबी र्याम र २५६ जीबी स्टोेरेज भएको अनर एक्स नाइन बीको मूल्य ४३ हजार ९९९ रुपैयाँ तोकिएको  छ। ग्राहकहरूले अनर एक्स नाइन बी दराज वा हुकुट अनलाइन स्टोर र नजिकको आधिकारिक स्टोरबाट समेत बुकिङ गर्न सक्ने छन् ।