कीवर्डहरू -

दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि दरखास्त माग

दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि दरखास्त माग

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन मागेको छ । प्राधिकरणमा रिक्त रहेको अध्यक्ष पदपुर्तीका लागि मन्त्रालयले दरखास्त आह्वान गरेको हो । 

अध्यक्ष पदका लागि कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षैत्रमा १० वर्षको अनुभव प्राप्त गरेको, योग्यता खुल्ने विवरण, ३० वर्ष उमेर पूरा भइ ६५ वर्ष नपुगेको नेपाली नागरिकले सातदिन भित्र आवेदन दिन सक्ने छन् । 

योग्यता पुगेको इच्छुक व्यक्तिले आफ्नो व्यक्तिगत विवरणसहित बढीमा ५ हजार शब्दको व्यावसायिक शिलबन्दी कार्ययोजनासहित आवेदन पेश गर्नुपर्नेछ । 

यस्तै विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र नलिएको हुनुपर्नेछ । दरखास्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संस्थान समन्वय शाखा सिंहदरबारमा बुझाउन सकिने छ । यसअघि पुरूषोत्तम खनालले प्राधिकरणको अध्यक्षबाट राजीनामा दिएसँगै सो पद रिक्त भएको थियो । 

null