कीवर्डहरू -

नेपाली बजारमा असुस भी१६ गेमिङ ल्यापटप सार्वजनिक

नेपाली बजारमा असुस भी१६ गेमिङ ल्यापटप सार्वजनिक

असुस नेपालले नेपाली बजारमा असुस भी१६ (V3607) गेमिङ ल्यापटप सार्वजनिक गरेको छ । १६ इन्चको इन्ट्री-लेभल गेमिङ ल्यापटपमा उच्च प्रदर्शन, आकर्षक डिजाइन, र उच्च रिफ्रेस रेट डिस्प्लेसहितको अत्याधुनिक प्रविधिसहित आएको कम्पनीको दावी छ ।

असुस भी१६ मा इन्टेल कोर ७ प्रोसेसर र एनभीडीया जीफोर्स आरटीएक्स ४० सिरिजको जीपीयु रहेको छ, जसले गेमिङ तथा क्रिएटिभ कार्यहरू सहज बनाउन मद्दत गर्छ । 

यसमा १६ इन्चको फुल एचडी प्लस १४४ हर्ज आईपीएस  डिस्प्ले रहेको छ । ल्यापटपमा अडियो बुस्टर सुविधा समेत उपलब्ध रहेको छ ।  

यसमा थ्री डीएनआर प्रविधि, एआई न्वाइज क्यान्सिलेसन, इर्गोसेन्स कीबोर्ड, ६३Wh ब्याट्री जस्ता सुविधा छन् । 

असुस भी१६ (V3607) ल्यापटप फागुन १५ गतेदेखि नेपालभरका आधिकारिक असुस स्टोरहरूमा उपलब्ध हभएको छ ।