कीवर्डहरू -

रियलमीका २ इयरबड्स नेपालमा उपलब्ध, के के छन् सुविधा ?

रियलमीका २ इयरबड्स नेपालमा उपलब्ध, के के छन् सुविधा ?

शङ्कर ग्रुपको सहायक कम्पनी तथा रियलमी मोबाइलको आधिकारिक वितरक जगदम्बा मोबाइलले दुई इयरब नेपाली बजारमा ल्याएको छ । आकर्षक डिजाइनमा आएका यी दुई इयरबड्सहरुमा उत्कृष्ट गुणस्तरको साउन्ड एक्स्पिरियन्स गर्न सकिने कम्पनीको दाबी छ ।  

संगीतका पारखीहरूका लागि रियलमी बड टि ३०० एकदमै उपयुक्त रहेको रियलमीले जनाएको छ । १२.४४ एमएमको डायनामिक ब्यास ड्राइभर सहित आउने यस टि ३०० ले गहिरो ब्यास साउन्ड प्रदान गर्दछ । ३० डिबीको ए.एन.सी (एक्टिभ नोइज क्यान्सिलेसन) सहितको सो बडमा आफूलाई मनपर्ने गीतहरु आरामसँग सुन्न सकिनेछ । 

रियलमीको यो टि ३०० इयरबड ४६० एम.ए.एचको ब्याट्री र चार्जिङ केसका साथ आउँदछ । ४० घण्टाको ब्याट्री लाइफ भएको यस बडमा एकदिन भन्दा बढी आनन्दले गीत सुन्न सकिने कम्पनीले जनाएको छ ।

रियलमी टि ३०० ५० एम.एसको अल्ट्रा–लो ल्याटेन्सीका साथ उपलब्ध छ जसले गेमिङ र भिडियो हेर्दा सिमलेस कनेक्टिविटी प्रदान गर्दछ । ३६०–डिग्री स्पेसल अडियो इफेक्टले थ्रि–डी साउन्डको अनुभव दिने कम्पनीको भनाइ छ । 

रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले रियलमी बड्स टि ३०० र रियलमी बड्स टि १०० बाट उत्कृष्ट अडियोको अनुभव पाउन सकिने बताए । 
 
४–माइक्रोफोन कल नोइज क्यान्सलेसन भएकोले गर्दा फोन कलमा कुरा गर्दा रियलमी बड टि ३०० मा जस्तो सुकै हल्लाखल्ला भएपनि प्रस्टसँग आवाज सुन्न सकिन्छ । रियलमी टि ३०० मा आइपी ५५ लेभलको वाटर र डस्ट रेसिस्टेन्स आउने भएकोले यो इयरबड टिकाउ पनि छ ।  रियलमी टि ३०० ले १० मिटरसम्मको वायरलेस रेन्ज पनि प्रदान गर्दछ ।

ब्लुटुथ ५.३ टेक्नोलोजीको साथ आउने यो रियलमी टि ३००ले सिमलेस कनेक्टिभिटी र उत्कृष्ट अडियो अनुभव प्रदान गर्दछ । स्टाइलिश कालो रंगमा उपलब्ध रियलमी बड टि ३०० को मूल्य रु. ५४९९ रहेको छ ।

यसैगरी कम्प्याक्ट डिजाइनमा आएको यो रियलमी बड टि १०० ले क्लियर र डायनामिक साउन्ड अनुभव प्रदान गर्दछ । १० एमएम ब्यास ड्राइभरको साथमा आउने यस रियलमी टि १०० ले १० मिटरसम्म राम्रो रेन्ज दिन्छ । यसको ब्याट्री लाइफ २८ घण्टाको रहेको र जसले गर्दा दिनभर आनन्दले गीत सुन्न सकिने कम्पनीको भनाइ छ ।

ब्लुटुथ ५.३ कनेक्टिभिटी भएको यस रियलमी बड टि १०० मा ए.आइ नोइज क्यान्सिलेसन फिचर पनि रहेको जनाइएको छ । स्टाइलिश कालो रंगमा उपलब्ध रियलमी बड टि १०० को मूल्य रु.३९९९ रहेको छ ।