कीवर्डहरू -

लोकप्रिय बन्दै रेड्मी नोट १३, कति छ मूल्य ?

लोकप्रिय बन्दै रेड्मी नोट १३, कति छ मूल्य ?

रेड्मी नोट १३ सिरिज पछिल्लो समय नेपाली बजारमा रुचाइएको स्मार्टफोन मध्येमा पर्छ । रेड्मी नोट १३ को ७.९७ एमएम मोटाई र  १८८.५ ग्रामको तौलले यसलाई स्लिम र हल्का तौल बनाउन सहयोग गरेको छ । यसको ६.६७ इन्च एमोलेड डिस्प्ले, १२० हर्जको रिफ्रेस रेटले इमर्सिभ भिजुअलको अनुभवको सुनिश्चित गर्दछ। रेड्मी नोट १३ आइपी ५४ डस्ट र स्प्ल्याश रेजिस्ट्यान्ससहित उपलब्ध छ।

स्न्यापड्रागन ६८५ चिपसेट सहित रेड्मी नोट १३ ले प्रभावकारी पर्फर्मेन्स सुनिश्चित गर्दछ । एन्ड्रोइड १४ र हाइपर ओएसको सहायताले यो डिभाइस निर्बाध रूपमा चल्दछ। प्रयोगकर्ताहरूका लागि ६ वा ८ जिबी र्याम रोज्न र आफ्नो आवश्यकता अनुसार १२८ वा २५६ जिबी स्टोरेज छनौट गर्ने विकल्प उपलब्ध छन् । 

रेड्मी नोट १३ को प्रभावशाली क्यामेरा सेटअपले उत्साहजनक डिटेल प्रदान गर्दछ। रेड्मी नोट १३ मा २०० एमपीको मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा उपलब्ध छन्। यसमा १६ एमपीको सेल्फी क्यामेरा छ।

रेड्मी नोट १३ मा ५००० एमएच ब्याट्री र ३३ वाटको फास्ट चार्जछ। यस डिभाइसमा डुअल स्पिकर, डल्बी एटमस र थप सुरक्षाका लागि इन–स्क्रिन फिंगरप्रिन्ट सेन्सर पनि छ । रेड्मी नोट १३ एक साधरण स्मार्टफोन मात्र नभएर शानदार डिस्प्ले, बलियो पर्फर्मेन्स १०८ एमपीको क्यामेरा भएको उत्कृष्ट फोन हो । यो फोनको ५,००० एमएच ब्याट्री ३३ वाटको फास्ट चार्जरबाट चार्ज गर्दा एकदमै छिटो चार्ज हुन्छ । 

रेड्मी नोट १३ मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन, ओसियन सनसेट र आइस ब्लू कलरहरुमा उपलब्ध छ । यी फोनहरुको मूल्यको कुरा गर्दा ६/१२८ जिबि को मूल्य २४ हजार ९९९ रुपैयाँ छ भने ८/२५६ जिबिको मूल्य २७ हजार ९९९ रुपैयाँ छ । ग्रहकलाई प्रोत्साहन गर्न शाओमीले रेड्मी नोट १३ किन्दा २ हजार ९९९ मूल्यको बड्स ४ एक्टीभ मात्र १ हजार ६९९ को बन्डल अफरमा पाउन सकिनेछ ।