कीवर्डहरू -

माघ १३ गते हेटौडामा टेक मिटअप हुँदै

माघ १३ गते हेटौडामा टेक मिटअप हुँदै

माघ १३ गते हेटौडामा टेक मिटअप हुने भएको छ । डेभ कम्युनिटी नेपालले तेस्रो संस्करणको टेकमिट अप हेटौडामा गर्न लागेको हो । 

माघ १३ गते बिहान ८ बजेदेखि सीमा चोकको होटल सुरेसनेसमा मिटअप सञ्चालन हुनेछ । 

सूचना प्रविधि रूची राख्ने, विद्यार्थी र प्रोफेसनलाई एकै ठाउँमा ल्याएर अनुभव आदान प्रदान गर्ने उद्देश्यले मिटअप गर्न लागेको डेभ कम्युनिटी नेपालले जनाएको छ ।

सूचना प्रविधिमा रूची राख्ने युवाहरूलाई लक्षित गर्दै आयोजना हुने मिटअपमा ओपन नेटवर्किंग, ग्रुप डिस्कसन, ओपन माइक जस्ता कार्यक्रम हुनेछन् ।